Rule 11
नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्ने
(१) यस नियमावली बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा कुनै मतदाताको परिवारको कुनै सदस्यको मृत्यु भएको वा त्यस्तो सदस्य स्थायी तबरले बसाइँ सरी अन्यत्र गएको वा विवाह भई गएको वा त्यस्तो सदस्यले मतदाता नामावलीमा नाम कायम रहने योग्यता गुमाएको कारणले नियम ९ को उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावलीबाट त्यस्तो सदस्यको नाम हटाउनु पर्ने भएमा सङ्कलकले कार्यक्रममा उल्लिखित समयावधि भित्र
अनुसूची–७ बमोजिमको ढाँचामा सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा सङ्कलन गर्नु पर्नेछ ।
(२) कुनै मतदाता आफ्नो मतदाता नामावली रहेको गाउँ विकास समिति वा नगरपालिकाको वडाबाट स्थायी तबरले बसाइँ सरी वा विवाह भई आएको कारणले निजको नाम त्यस्तो मतदाता नामावलीबाट त्यसरी बसाइँँ सरी वा विवाह भई आएको स्थानको मतदाता नामावलीमा सार्नुपर्ने भएमा सङ्कलकले सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा अनुसूची–८ बमोजिमको ढाँचामा सङ्कलन गर्नु पर्नेछ ।